Madhyabindu News App
राजनीति

राप्रपा नेपालका उम्मेदवारनै कांग्रेस प्रवेश

Madhyabindu Online


A A- A+

काठमाडौं – राप्रपा नेपाल पाल्पाका अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपा नेपाल पार्टीबाट पाल्पा क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेका खडानन्द गैरे सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेसमा प्रवेश गरेपछि आफूले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने गैरेले बताए । ‘कांग्रेसको आदर्शलाई मानेर मेरो समर्थन गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेयलाई रहनेछ, म आजैदेखी गठबन्धनका उम्मेदवारलाई जिताउन लागी पर्नेछु।’ उनले भने ।

पार्टी प्रवेश गरेका गैरेलाई नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले सदस्यता प्रदान गर्दै कांग्रेसमा गैरेलाई उचित जिम्मेवारी दिइने बताए ।

छुटाउनु भयो कि ?