Madhyabindu News App
समाज

नुवाकोटमा आमाछोरीको हत्यामा संलग्न पक्राउ

Madhyabindu Online


A A- A+

काठमाडौं – नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा आमा र छोरीको हत्या भएकोे छ । दुप्चेश्वर गाउँपालिका वडा नं. ५ बालकुमारी भंगेरीका केशव खतिवडाकी श्रीमती २१ वर्षीया सम्झना खतिवडा र ४ वर्षीया छोरी क्रिष्टिना खतिवडाको सोमबार बेलुका हत्या भएको हो ।

उक्त हत्या संलग्न भएको भनिएका युवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिए ।

हत्यामा संलग्न सोही टोलका छिमेकी २१ वर्षीय पुस्कल तामाङलाई मंगलबार बिहान गाउँ नजिकैको जंगलमा लुकिरहेको अवस्थामा प्रक्राउ गरिएको डिएसपी खड्काले बताए ।

प्रहरीका अनुसार घरमा कोही नभएको बेलामा आमाछोरीको घाँटीमा खुर्पा प्रहार गरी हत्या भएकोे छ । आमाको हत्या आँगनमा र छोरीको घरभित्रको मझेरीमा भएको पाइएको प्रहरीले जनाएको छ।

आरोपितलाई पक्राउ गरी सदरमुकाम ल्याउँदै गरिएको प्रहरीको भनाइ छ । हत्याको कारणको विषयमा सोधपुछ गर्न बाँकी रहेको भन्दै प्रहरीले हत्याको कारण नखुलेको जनाएको छ ।

छुटाउनु भयो कि ?