Madhyabindu News App
राजनीति

‘थापा प्रधानमन्त्रीको रूपमा अघि नसरे म अघि सर्छु’ – महामन्त्री शर्मा

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको प्रधानमन्त्री गगन थापालाई प्रस्ताव गर्ने तर, उहाँले दाबी नगरे आफू अघि सर्ने बताएका छन्।

झापाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य रहनु भएका शर्माले आफूले थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको भन्दै पछि नहट्न आग्रह गर्दै यस्तो बताएका हुन्।

‘‘गगन थापा अगाडि बढ्नु पर्छ, युवा हो, उमेरले भाइ हो तर मेरो साथी पनि हो’’, शर्माले भने, ‘‘विद्यार्थी राजनीतिक र अन्य राजनीतिमा म अघि भए पनि म भन्दा अघि सांसद भएका व्यक्ति थापा हो।’’

थापा यसबाट पछि हटे आफू प्रधानमन्त्रीको रूपमा अघि बढ्ने पनि शर्माले बताउनु भएको छ। ‘‘यदि थापा अलिकति पछि सरे झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीको रूपमा म अघि सर्छु’’, शर्माले भन्नुभयो, ‘‘मैले प्रष्ट भनेको छु र म पछि सर्ने वाला छैन। यो विषय मैले लुकाएर वा सङ्कोच मानेर भनेको छैन र स्पष्ट रूपमा सबैले सुन्ने गरी भनेको छु। ’’

छुटाउनु भयो कि ?