Madhyabindu News App
खेलकुद

नेपालले १४ वर्षपछि पाकिस्तानलाई हरायो

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानलाई १–० गोल अन्तरले हराएको छ । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले पाकिस्तानलाई १४ वर्षपछि हराएको हो ।

नेपालले पछिल्लोपटक पाकिस्तानलाई सन् २००८ मा भएको खेलमा पनि नेपालले पाकिस्तानलाई १–० ले हराएको थियो ।

बुधबार काठमाडौंको दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा पाकिस्तानलाई १–० ले हराउँदै नेपालले खेलेको ५० औँ खेललाई सुखद् बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नेपाललाई जित दिलाउन अञ्जन बिष्टले खेलको ८३ औँ मिनेटमा निर्णायक गोल गरे । सुनिल बलले दायाँ कर्नर साइडबाट गरेको क्रसलाई अन्जनले डाइभिङ गोल गरे ।

दशरथ रंगशालामा ५० औँ खेल खेल्दा नेपाल र पाकिस्तानबीचको भने यो १७ औँ खेल थियो । जसमा नेपालले ६ खेलमा जित निकाल्दा चार खेलमा हार बेहोरेको छ । यी दुई टिमबीचको ६ खेल बराबरीमा सकिएको छ ।

छुटाउनु भयो कि ?