कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

काँग्रेसले बुथ कब्जा गरेको भन्दै निर्वाचन आयोगमा उजुरी
काठमाडौं – स्याङ्जा २ का चार बुथमा धाँधली गरेको भन्दै उजुरी परेको छ ।नेपाली कांग्रेसले धाँधली गरेको भन्दै अन्य उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।
चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राममन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको उजुरीमा उल्लेख छ । अनधिकृत रुपमा बुथ कब्जा गरी अन्य दलका प्रतिनिधिहरुलाई जबरजस्ती बाहिर निकालिएको भन्दै ति बुथमा पुन मतदानको माग गरिएको छ ।
स्याङ्जा २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले धाँधली गरिएको भन्दै उजुरी परेको जानकारी दिए । ‘चापाकोट केही वडाको विषयमा उजुरी आएको छ । हामी बुझ्दैछौं । उजुरीमा धाँधली गरिएको व्यहोरा छ ।’ निर्वाचन अधिकृत शर्माले भने ।
स्याङ्जा २ मा कांग्रेसबाट उपसभापति धनराज गुरुङ उम्मेदवार छन् । नेकपा एमालेको सचिव पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ, राप्रपाबाट लालगोपाल अर्याल लगायत उम्मेदवार छन् ।