Madhyabindu News App
मुख्य खबर​

बैतडीमा प्रहरी चढेको जिप दुर्घटना, ६ जनाको मृत्यु

Madhyabindu Online


A A- A+

काठमाडौं – बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किँदै गरेको प्रहरी कर्मचारी सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

सोमबार बिहान पाटन नगरपालिकाको थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा परेकाहरुको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रेम बहादुर शाहीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको जानकारी प्राप्तभए पनि विस्तृत विवरण भने आउन बाँकी छ।

जिप सडकबाट करिब २०० मिटर तल खसेका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनु भयो कि ?