राजनीति

कांग्रेसले खाता खोल्यो, मुस्ताङबाट २९ वर्षीय गौचन निर्वाचित

Madhyabindu Online


A A- A+

काठमाडौं – प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । मुस्ताङमा नेपाली कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका प्रेम तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् ।

योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । यसपटक मुस्ताङका योगेश गौचन सबैभन्दा कान्छो सांसदका रुपमा संसदमा उपस्थित हुनेछन् ।

छुटाउनु भयो कि ?