Madhyabindu News App
निर्वाचन अपडेट

नयाँ चार पार्टीको संसद प्रवेशको सम्भावना

Madhyabindu Online


A A- A+

काठमाडौं – आगामी संघीय संसदमा चार नयाँ पार्टीका सांसदहरुको प्रवेश हुने सम्भावना बढ्दै गएको छ ।

सोमबारको प्रारम्भिक मतगणनाअनुसार रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशमलाल चौधरी आबद्ध राष्ट्रिय उन्मुक्ति पार्टी र सुमन सायमी आबद्ध हाम्रो नेपाली पार्टीले संसदमा प्रवेश पाउने देखिएको हाे ।

रवी लामिछाने नेतृत्वको पार्टीले काठमाडौं ६, ७ र ८ मा अग्रता लिएको छ भने जनमतले सप्तरीको १ र २ मा अग्रता लिइरहेका छन् । यस्तै, रेशमलाल आबद्ध उम्मुक्ति पार्टीको उम्मेदवारले कैलाली १ मा र हाम्रो नेपाली पार्टी काठमाडौं ८ मा दोस्रो स्थानमारहेको छ ।

छुटाउनु भयो कि ?