

निर्वाचन अपडेट
जुम्लामा ज्ञानेन्द्र शाही माओवादीभन्दा तेब्बर मतले अगाडि
काठमाडौं – जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाहीले तेब्बर मतको अग्रता बनाएका छन् । प्रतिनिधिसभा निर्वाचनतर्फ ज्ञानेन्द्र शाही ७१६ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका नेकपा (माओवादी केन्द्र)की गोमा गौतम कुँवरले २३८ मत ल्याएकी छन् । नेकपा (एमाले)का रतननाथ योगीले ५६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
राष्ट्रिय पार्टी बनाउने बाध्यतामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीकालागी प्रत्यक्ष निर्वाचन जित्नैपर्ने बाध्यता रहेको छ ।