खेलकुद

विश्वकपमा इरानलाई ६-२ ले हराउँदै विजयी इंग्ल्याण्ड विजयी

Madhyabindu Online


A A- A+

काठमाडौं – फिफा विश्वकपमा उपाधि दाबेदार इंग्ल्याण्डले विजयी  सुरूवात गरेको छ । उसले समूह (बी) अन्तर्गत सोमबार सम्पन्न खेलमा इरानलाई ६-२ ले हराउँदै विजयी सुरूवात गरेको हो ।

खालिफा अन्तर्राष्ट्रिय मैदानमा बुकायो साकाले दुई तथा जुड वेलिङ्घम, रहिम स्ट्रर्लिङ,मार्कुश रासफोर्ड र ज्याक ग्रेलिसले एकर एक गोल गर्दा इरानका लागि दुवै गोल मेहदी तेरेमीले गरेका थिए ।

खेलको ३५ औँ मिनेटमा वेलिङ्घमले पहिलो गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा साकाले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको थप गरिएको समयमा स्ट्रर्लिङले गोल गर्दा इंग्ल्याण्डले ३-० को अग्रता लियो ।

त्यसैगरी ६१ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे भने ६५ औं मिनेटमा तेरेमीले खेललाई ५-१ को स्थितिमा ल्याए । ७१ औं मिनेटमा रासफोर्डले गोल गर्दा इंग्ल्याण्ड ५-१ले अघि बढ्यो । ८९ औं  मिनेटमा ग्रेलिसले गोल गर्दै टोलीलाई ६(१ को अग्रता दिलाए।

दोस्रो हाफको थप गरिएको समयमा तेरेमीले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो  गोल गरेपछि इंग्ल्याण्डले ६-२ को जित निकाल्यो । यो जितसँगै इंग्ल्याण्डले तीन अंक जोड्दा इरानले हारबाट विश्वकपको सुरूवात गरेको छ

छुटाउनु भयो कि ?