Madhyabindu News App
निर्वाचन अपडेट

काठमाडौं ४ मा गगन थापा विजयी

Madhyabindu Online


A A- A+

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् ।

औपचारिक घोषणा नभए पनि थापाले १९ हजार १४ मत ल्याएका छन्  भने, उनका निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १३ हजार २३ मत ल्याएका छन् ।

मतान्तर ५ हजार ९ सय ९१ रहँदा गन्न बाँकी मत कामनपा ३० नम्बरको ४ हजार ८ सय ८१ मात्रै रहेको छ जुन गगन थापा बसोबास गर्ने वडा हो ।

छुटाउनु भयो कि ?