Madhyabindu News App
निर्वाचन अपडेट

जापानसँग २-१ ले हार्‍यो जर्मनी

Madhyabindu Online


A A- A+

काठमाडौं – विश्वकप फुटबलको पहिलो खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको छ । बुधवार भएको पहिलो खेलमा पहिलो हाफमा १-० ले पछि परेको जापानले पुनरागमन गरेको हो ।

जापानका लागि रिस्तु दोनाले ७५ औं मिनेटमा गोल गर्दै बराबरी दिलाए । ताकुमा सानोले ८३ औं मिनेटमा गोल गर्दै जापानलाई २-१ गोलको जित दिलाए  ।

यसअघि जर्मनीका लागि खेलको ३३ औं मिनेटमा गुन्डिगनले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । आजको खेलमा जित निकाल्दै जापानले ३ अंक जोडेको छ ।

छुटाउनु भयो कि ?