
निर्वाचन अपडेट
दार्चुलामा कांग्रेसका दिलेन्द्रप्रसाद बडू तेस्रोपटक निर्वाचित
काठमाडौं – दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडु दुई हजारभन्दा बढी मत ल्याएर विजयी भएका छन्।
बडूले २८ हजार ५ सय १५ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका गणेशसिंह ठगुन्नाले २६ हजार ३ सय ८१ मत ल्याएका छन्। उनीहरूको मत अन्तर २ हजार १ सय ३४ छ।
यी दुई जनाबाहेक अरू उम्मेदवारको मत एकदमै कम छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रसिंह धामीले ३ सय ८० र राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्द्रसिंह धामीले १ सय ९८ मत मात्र ल्याएका छन्।