Madhyabindu News App
निर्वाचन अपडेट

खानेपानीमन्त्री चौधरी ५ हजार मतले पछि परेपछि बारा १ मा रोकियो मतगणना

Madhyabindu Online


A A- A+

काठमाडौं – बारा क्षेत्र नं १ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभा तर्फको मतगणना मतगणना स्थलमा विवाद हुँदा रोकिएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्रीसमेत रहेका उमेदवार उमाकान्त चौधरी एमाले नेता अच्युतप्रसाद मैनालीसँग ५ हजार बढी मतले पछि परेपछि कांग्रेसका मतगणना प्रतिनिधिले दिउँसो ४ बजेबाट विवाद सुरु गरेपछि मतगणना रोकिएको हो ।

यता एमालेले भने मतगणना बिथोल्न खोज्ने, घेराबार तोडफोड गर्नेलाई तत्काल खोजी गरी कारबाही हुनुपर्ने माग गरेको छ ।

यसअघि बसेको सर्वदलीय निर्णयअनुसार दुई वा सोभन्दा बढी पालिकाको मत मिसाएर मतगणना गर्ने सहमति भए पनि कांग्रेसले सम्बन्धित पालिकाको वडा–वडाको छुट्टै गणना गर्नुपर्ने भन्दै विवाद गरेको एमालेको आरोप छ ।

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिको माग अनुसार नै मतगणना गर्न तयार हुँदासमेत प्रतिनिधि उपस्थित नहुँदा मतगणना रोकिएको निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए ।

प्रतिनिधिसभाको मतगणना रोकिए पनि प्रदेशसभाको मतगणना भने जारी छ ।

छुटाउनु भयो कि ?