Madhyabindu News App
निर्वाचन अपडेट

सिन्धुपाल्चोक– १ मा माओवादीका माधव सापकोटा विजयी

Madhyabindu Online


A A- A+

काठमाडौं – सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका माधव सापकोटा ‘सुवोध’ निर्वाचित भएका छन् ।

नेकपा एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५६ मतले पछी पार्दै सापकोटा विजयी भएका हुन् ।

बुधबार साँझ प्रत्यक्षतर्फको मत गणना सकिँदा उनले ३० हजार ३७४ मत पाए भने नेकपा एमालेका सरेश नेपालले २७ हजार १८ मत पाए ।

यो क्षेत्रबाट यसअघि २०७४ सालमा माओवादी केन्द्रकै अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए ।

छुटाउनु भयो कि ?