निर्वाचन अपडेट

भक्तपुर २ मा महेश बस्नेतलाई हराउँदै दुर्लभ थापा विजयी

Madhyabindu Online


A A- A+

काठमाडौं – भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापा विजयी भएका छन्। गएराती सम्पन्न मतगणनामा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार थापा २४ हजार २ सय ३८ मत ल्याएर विजयी भएका हुन्।

थापाले बस्नेतलाई ९ सय ५९ मतान्तरले पराजित गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २ सय ७५ मत पाएका छन्। कूल ६५ हजार ९ सय मतमध्य मतगणना भएको हो।

२०७४ को निर्वाचनमा बस्नेत नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतान्तरले पराजित गरी भक्तपुरमा पहिलो पटक एमालेको विजयको झण्डा फहराउन सफल भएका थिए। त्यतिबेला बस्नेतले ३६ हजार ४१२ मत पाएको थियो।

छुटाउनु भयो कि ?