

१४९ स्थानको परिणाम सार्वजनिक, कुन दलको कति सिट?
काठमाडौं – १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १४९ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।
झस अनुसार नेपाली कांग्रेसले सबभन्दा बढी ४९ स्थानमा जित हात पारेको छ भने नेकपा एमालेले ३८ सिट जितेको छ। यस्तै माओवादी केन्द्रले १६ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थानमाजित हासिल गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६, जनता समाजवादी पार्टीले ५, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १\१ सिट हासिल गरेका छन्। स्वतन्त्र उम्मेदवार आठ सिटमा विजयी भएका छन्।
समानुपातिक तर्फ एमालेले १७ लाख ७७ हजार ६८१ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ८१ हजार ६७० मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ६० हजार, चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ७ लाख ४२ हजार तथा पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ८९ हजार मत प्राप्त गरेका छन्। अहिलेसम्मको मतपरिणाम अनुसार यिनै दलले मात्र ‘थ्रेसहोल्ड’ पार गरेका छन्। छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीले २ लाख १३ हजार मत प्राप्त गरेको छ।
दोलखा, स्याङ्जा २ र बाजुराको मतगणना हुन बाँकी छ।