नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाई सकियो, शुक्रबार आदेश आउने

प्रतिनिधिसभाका १५८ सिटको नतिजा सार्वजनिक
काठमाडौं – प्रतिनिधिसभामा हालसम्म १ सय ५८ सिटको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
पछील्लो मत परिणाम अनुसार नेपाली कांग्रेस ५३ सिट जित्दै पहिलो स्थानमा रहेको छ । नेकपा एमालेले ४२, नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका उम्मेदवार ७(७ सिटमा विजयी भएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपा ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले एक एक सिटमा जित निकाल्दा स्वतन्त्र उम्मेदवार ५ ठाउँमा विजयी भएका छन् ।
मतगणना जारी रहेका चारमध्ये कांग्रेस र एमाले उम्मेदवार दुई(दुई ठाउँमा अगाडि छन् । एमालेका उम्मेदवार धनुषा ४ मा रघुवीर महासेठ र सुनसरी ३ मा मञ्जु चौधरीले अग्रता लिएका छन् ।
सुनसरी क्षेत्र नम्बर ४ मा शनिबार दिउँसोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । संचार मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले नै धाँधली भएको भन्दै पुनः मतगणनाको माग गरेपछि विवाद भएको थियो । विवाद समाधान हुन नसक्दा गणना अघि बढ्न सकेको छैन ।