

निर्वाचन अपडेट
बाजुरामा कांग्रेसका बद्री पाण्डे २२२४ मतले अगाडी
काठमाडौं – बाजुरा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले अग्रता कायमै राखेका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार पाण्डे २ हजार २२४ मतको अग्रता लिँदै प्रतिस्पर्धामा छन्।
कुल २० हजार ६३६ मतगणना कांग्रेस उम्मेदवार पाण्डेले ११ हजार ७६ मत पाएका छन्।
उनका प्रतिष्पर्धी एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत प्राप्त गरेका छन्। उनीहरुबीच २ हजार २२४ मतको अन्तर देखिएको छ।