राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको माग गर्दै उजुरी


निर्वाचन अपडेट
दोलखामा गठबन्धनका कार्की ३१७ मतान्तरले निर्वाचित
काठमाडौं – दोलखाबाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन्।
गठबन्धनका तर्फबाट माओबादी केन्द्रका उम्मेदवार कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका बालकृष्ण शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरेका थिए।
प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार कार्कीले ३१७ मतको अन्तरकासाथ शिवाकोटीलाई पराजित गरेका हुन्।
यसअघि दोलखाको प्रदेश सभा–क मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेश सभा( ख मा एमालेका भरतबहादुर केसी निर्वाचित भइसकेका छन्।