Madhyabindu News App
मुख्य खबर​

संसद् सचिवालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश

Madhyabindu Online


A A- A+

काठमाडौं – सर्वोच्च अदालतले संघीय संसद् सचिवालयले लेखेको पत्र कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाअभियोग प्रस्ताव ‘निष्प्रभावी’ भएको भन्दै लेखेको पत्र कार्यान्वयन नगर्न नगराउन सर्वोच्चले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको संवैधानिक इजलासले संवैधानिक हैसियत नभएको महासचिवको उक्त पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

बुधबार महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव ‘निष्प्रभावी’ भएको पत्र राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालतलगायत निकायमा पठाएका थिए।

छुटाउनु भयो कि ?