

विषालु रक्सीको सेवनबाट भारतको बिहारमा ४३ जनाको मृत्यु
काठमाडौं – भारतमा विषालु रक्सीको सेवनबाट दुई दिनमा ४३ जनाको मृत्यु भएको छ। भारतको बिहारमा विषालु रक्सीको सेवनबाट दुई दिनमा ४३ जनाको मृत्यु भएको हो।
सरकारले मदिरा निषेधित क्षेत्र घोषणा भएको बिहारको सारण जिल्लामा दुई दिनमा ४३ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्।
मसरक सहरभन्दा तीन किलोमिटर वरिपरिको क्षेत्रमा घटना घटेकाले रक्सीको उत्पादन एकै स्थानबाट भएको हुनसक्ने अनुमान गरिएको छ।
भारतीय सुरक्षा निकायले रक्सी उत्पादन र बिक्री वितरणमा सहभागी भएको आरोपमा १ सय २६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।