कला-साहित्य

अब म कवि हो ! – अभियान आचार्य

Madhyabindu Online


A A- A+

अब म कबि हो,
मन सग मन्मनै बोल्ने म,

मसिलाइ हुलाक बनाइ कापिलाइ कबिता पठाउने मेरो कलम को म उस्तै हो,
त्यसैले अब म कबि हो !

कापिलाइ माया गर्ने अक्षर म,
कलमलाइ प्रेमि मान्ने मसि म,
सुगन्ध लाइ अङ्कमाल गर्ने गुलाब म,
कथालाइ साथ दिने किताब म,
अध्यारोको निकट दुस्मन रबि म,
आफैले आफैलाइ नचिनेको कबि म,
त्यसैले अब म कबि हो !

मलाइ माया र दुस्मनी एकैपटक गर्न आउछ,
मलाइ पागल र प्रेमि (पागलप्रेमि) बन्न आउछ,
मलाइ पन्चामृत र रक्सि दुबै मन पर्छ,
मलाइ बुद्ध र बिन लादेन एउटै लाग्छ,
त्यसैले अब म कबि हो !

मलाई अरुको गित सबै गाउन आउछ,
मलाइ अरुको सङ्गित बुझेर सुन्न आउछ,
मलाइ अरुको भाब स्पस्ट पार्न आउछ,
मलाइ अरुको चरित्र खण्डन गर्न आउछ,
मलाइ अरुको सबै कृति पढ्न आउछ,
तर
आफ्नो केहि आउदैन,
त्यसैले म कबि हो !

म मित्र र मित्रता चिन्छु,
म दुस्मन र दुस्मनी चिन्छु,
म भाब र भाबना चिन्छु,
म जाड र जडिया चिन्छु,
म लत र कुलत चिन्छु,
म माया र धोका चिन्छु,
म रङ्गिन र रङ्गहिन चिन्छु,
त्यो भन्दा बडि म कबि चिन्छु,
त्यसैले म कबि हो
हो के।।
म साच्चिकै कबि हो !
Abhiyan acharya, australia

छुटाउनु भयो कि ?