अन्तर्राष्ट्रिय

चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड संक्रमण

Madhyabindu Online


A A- A+

काठमाडौं – चीनमा लगभग ३ करोड ७० लाख मानिसमा एकै दिन कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यसै हप्ता देखिएको यो संक्रमणलाई विश्वमा एकै दिन सबैभन्दा ठुलो सङ्ख्यामा भएको महामारी बताइएको छ ।

डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसङ्ख्याको झन्डै १८ प्रतिशतमा यो भाइरसको सङ्क्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बुधबार सम्पन्न  आन्तरिक बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका छन्।

बेइजिङको कोभिड शून्य नीति अन्त्यले प्रतिरक्षा न्यून भएको जनसङ्ख्यामा अत्यधिक सङ्क्रामक ओमिक्रोन भेरियन्टहरूको अव्यवस्थित फैलावट भएको छ ।

एजेन्सीको अनुमान अनुसार चीनको दक्षिण पश्चिममा रहेको सिचुआन प्रान्त र राजधानी बेइजिङका आधाभन्दा बढी बासिन्दाहरू सङ्क्रमित भएका छन् । एजेन्सी

छुटाउनु भयो कि ?