

ब्राजिलको राष्ट्रपति भवन, संसद र सर्वोच्च अदालतमा आक्रमण
काठमाडौं – ब्राजिलमा चुनाव हारेका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले देशैभरी वितण्डा मच्चाएका छन्।
बिबीसीका अनुसार उग्र बनेका समर्थकहरूले राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालतमा छिरेर तोडफोड र आजगनी गरेर आतंक फैलाएका छन्।
प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री निवास कब्जा गर्न कोसिस गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
अक्टोबरमा भएको चुनावमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भासँग बोल्सोनारो पराजित भएका थिए। लामो समय चुनावी परिणाम अस्वीकार गरेका उनी सर्वोच्चले चुनावलाई वैध ठहर गरेसँगै अमेरिका गएका थिए। उनी सत्ता हस्तान्तरण समारोहमा पनि सहभागि भएनन् । अहिले उनै पराजित बोल्सोनारोका समर्थकले राजधानीमा हंगामा मच्याएका हुन् ।