कला-साहित्य

यात्रा ! – अभियान आचार्य

Madhyabindu Online


A A- A+

उस्लाई के थाहा त उस्को यात्रा गन्तब्य भेट्न हिंडेको हैन भन्ने !
उस्लाई के थाहा त उस्को यात्रा आगोले खरानी हुन्छ भन्ने !
उस्लाई के थाहा त चिहान सम्म जान पनि प्लेन चढ्न पाईन्छ भन्ने!
उस्लाई के थाहा त चिता भन्दा पहिलेनै शरीर जल्छ भन्ने !

तर अब !
उस्लाई यो थाहा छ मृत्‍यु सम्म सबै भन्दा छिटो प्लेन पुग्छ !
के अब उस्ले
नचाहदा नचाहदै टुङिएको यात्रा फेरी सुरु हुँदैन ?

उस्ले अब
प्लेन ले त चिहान सम्म पुराउछ है भनेर अरुलाई भन्न पाउदैन ?
परिवार को गास , श्रीमतीको विश्वाश , छोरा छोरी को सास अनी यो देश को आस
अब फर्किदैन ?
म यो आँफैलाई सोद्धै थिएँ !
एकपटक मात्र एकपटक उस्लाई भेट्न पाए सबै सिकाउथे ।

तर
मैले त बिर्सिएछु
मरेको शरीर बोल्दैन भन्ने
मैले त बिर्सिएछु
जलेको खरानी को रुप हुन्न भन्ने
मैले त बिर्सिएछु
जिउदो र लास को फरक
मैले त यो पनि बिर्सिएछु म जिउदै छु !

(पोखरा जहाज दुर्घटना मा आफ्नो ज्यान गुमाउनुहुने सम्पूर्ण मा समर्पित)

छुटाउनु भयो कि ?