

सिट बेल्ट नलगाएपछि बेलायती प्रधानमन्त्रीलाई जरिवाना
काठमाडौं – बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई गाडीमा बसेको बेला सिट बेल्ट नलगाएको आरोपमा जरिवाना गरिएको छ । प्रधानमन्त्री सुनकको गाडीमा बसेको एक भिडियो सार्बजनिक भएपछि उनले सिट बेल्ट नलगाएको विषय उठेको थियो ।
सुनक उत्तरी ईङल्याण्डको लानकाशायरमा गएको बेला सो भिडियो खिचिएको बताइएको छ ।
प्रधानमन्त्री सुनकलाई सय पाउण्ड जरिवाना गरिएको छ । यो विषय अदालतमा गएमा ५०० पाउण्डसम्म जरिवाना हुने व्यवस्था रहेको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री सुनकले आफ्नो गल्ति स्वीकार गरेको र नियम अनुसारको जरिवाना भुक्तानी गर्ने भएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।