गण्डकी प्रदेश

३ मन्त्री थपिएसँगै गण्डकी मन्त्रिपरिषद्को पूर्णता

Madhyabindu Online


A A- A+

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। ३ नयाँ मन्त्रीको नियुक्तिसहित ७ सदस्यीय मन्त्रिपरिषद् बनाएर मुख्यमन्त्री अधिकारीले सरकारको पुर्णता दिएका हुन्। अघिल्लो सरकारमा १२ मन्त्रालय थिए।

७ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित एमालेका ४, माओवादीका २ र राप्रपाबाट १ जना मन्त्री भएका छन्।

मुख्यमन्त्री अधिकारीले मंगलबार ३ नयाँ मन्त्रीमा एमालेबाट रोशनबहादुर गाहाथापामगर, श्याम गुरुङ र माओवादीबाट रेशम जुग्जालीलाई नियुक्त गरेका हुन्। यसअघि मुख्यमन्त्री अधिकारी नियुक्त हुँदाकै दिन एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्री भएका थिए ।

थपिएका मन्त्रीहरुमा माओवादीका हरिबहादुर चुमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, एमालेकी सीता सुन्दास आर्थिक मामिला, राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य, एमालेकै रोशन गाहाथापामगर आन्तरिक मामिला तथा कानुन, वेदबहादुर गुरुङ कृषि, ऊर्जा तथा जलस्रोत र माओवादीका रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका छन्।

छुटाउनु भयो कि ?