आर्थिक

हिमालयनले पायो सिभिल बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति

Madhyabindu Online


A A- A+

काठमाडौं – हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न राष्ट्रबैंकबाट अन्तिम स्वीकृति पाएको छ । गत साता बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएको छ । यद्यपि सोमबारसम्म सम्बन्धित बैंकले अन्तिम स्वीकृतिको पत्र राष्ट्र बैंकबाट बुझिसकेका भने छैनन् ।

हिमालयनले सिभिललाई १ सय बराबर ८०.२८ सेयर मिलान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्न लागेको हो । यसको अर्थ सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउने छन् ।

प्राप्ति प्रक्रिया पूरा भए पश्चात बन्ने नयाँ बैंक हिमालयन बैंककै नामबाट सञ्चालनमा आउने छ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र शाखा सञ्जाल १ सय ८९ पुग्नेछ ।

छुटाउनु भयो कि ?