

कामना सेवा विकास बैंकका सिइओ प्रवीण बस्नेत पक्राउ
काठमाडौं – कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेत पक्राउ परेका छन्। कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा सीईओ बस्नेत पक्राउ परेका हुन्।
बस्नेतसहित कम धितोमा कर्जादिने कार्यमा सम्मिलित चार जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन्।
उनीहरुमाथि बैंकिङ कसुर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुले विभिन्न फर्जी कम्पनी खडा गरेर कम धितोमा ऋण प्रवाह गरेको आरोप परेको थियो।
झन्डै तीन महिनाअगाडि नै यस विषयमा कामना सेवा विकास बैंकले आन्तरिक रुपमा अनुसन्धान गरेको थियो।