मुख्य खबर​

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको माग गर्दै उजुरी

Madhyabindu Online


A A- A+

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजी गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

सिन्धुलीका युवराज पौडेल (सफल)ले एउटा गैरनागरिक उपप्रधान तथा गृहमन्त्री हुँदा राष्ट्रिय गोपनीयता भंग हुने भएकोले रास्वपा तत्काल खारेज गर्नुपर्ने भन्दै उजुरी दिएका हुन् ।

उनले सो पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले खारेजी गर्न माग गरेका छन्।

लामिछानेको नागरिकता खारेजिको मुद्दा जितेका निवेदक पौडेलले उनलाई राहदानी कसुर सम्बन्धी सजायँको माग गर्दै जिल्ला प्रशाशन कार्यालय काठमाडौंमा उजुरी दिइसकेका छन् ।

यता रास्वपा सभापति लामिछाने भने पहिले आफुले सम्हालेको गृह मन्त्रालयमा पुनर्वहालीकोलागी दोडधुप गरिरहेका छन् ।

छुटाउनु भयो कि ?