

रास्वपाको बैठक जारी, सरकारबाट बाहिरिन सक्ने
काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संयुक्त बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ ।
बैठकमा मूलत: वर्तमान सरकारमा रहने कि बाहिरिने भन्नेबारे छलफल हुने बताइएको छ । महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले बैठकले सरकारबाट बाहिरिन सक्ने निर्णय गर्नसक्ने बताएका छन् ।
यसअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि रास्वपा सरकारबाट बाहिरिन सक्ने सम्भावना बढी रहेको ब्रिफिङ गरेका थिए ।