आर्थिक

अर्थ मन्त्रालयका १० सहसचिवहरुको कार्य विभाजन, कसलाई के जिम्मा ?

Madhyabindu Online


A A- A+

काठमाडौं – अर्थ मन्त्रालयले १० जना सहसचिवहरुको कार्य विभाजन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई दर्जन सहसचिवको सरुवा गरेको थियो । यसरी भएको सरुवा अनुसार अर्थमा आएका सहसचिवहरुको जिम्मेवारी तोकिएको हो ।

मन्त्रालयका अनुसार श्रीकृष्ण नेपाल आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बनेका छन् भने धनीराम शर्मा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनेका छन् ।

त्यस्तै झक्कप्रसाद आचार्य वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बनेका छन् । लक्ष्मीप्रसाद निरौला प्रशासन महाशाखा प्रमुख बनेका छन् । इश्वरीप्रसाद अर्याल वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनेका छन् । रितेशकुमार शाक्य राजस्व व्यवस्थापन महाशाखाको प्रमुख बनेका छन् ।

सुमन दाहाल आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बनेका छन् । कमलप्रसाद भट्टराई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख तोकिएका छन् । सेवन्तक पोखरेल भन्सार विभागका उपमहानिर्देशक बनेका छन् ।

छुटाउनु भयो कि ?