मधेस प्रदेश

मागेजती मन्त्रालय नपाएपछी मधेस प्रदेशमा माओवादी सरकार बाहिरै

Madhyabindu Online


A A- A+

काठमाडौं – मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

मुख्यमन्त्री यादवले पुस २९ मा शपथ लिएकै दिन तीन मन्त्री पनि शपथ लिएका थिए । योसहित अब यो प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्री र तीन राज्यमन्त्री पुगेको छ ।

प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रले भने सहभागी भएन । माओवादीले दुई मन्त्रालय मागेको थियो । तर मुख्यमन्त्री यादवले एउटा मात्र मन्त्रालय दिन खोज्दा माओवादीले मन्त्री नपठाएको बुझिएको छ ।

केन्द्रमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जसपालाई रोजेको मन्त्रालय नदिएपछि प्रदेशमा जसपाले माओवादीसँग बदला लिएको देखिएको छ ।

छुटाउनु भयो कि ?