

कतारमा नेपालीले जिते ८३ करोडको चिठ्ठा
काठमाडौं – कतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा झण्डै ८३ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।
रञ्जितकुमार पालले अबुधाबीमा बिग टिकट र्याफल ड्रको सिरिज २ सय ४८ मा ८२ करोड ७० लाख रुपैयाँभन्दा धेरैको चिट्ठा जितेका हुन् ।
पालले गएको जनवरी १६ मा यो चिट्ठा खरिद गरेका थिए । उनको चिट्ठा नम्बर २३२९३६ मार्फत् रकम जित्न सफल भएका हुन् । उनी विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत थिए ।
रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित पालले सम्पूर्ण रकम नेपालमा रहेको परिवारलाई पठाउने बताएका खलिज टाइम्सले जनाएको छ ।
यस अघि दुबईमा कार वाशरको रुपमा कार्यरत नेपाली ३१ वर्षिय भरतले पनि २२ करोड रुपैयाँको चिठ्ठा जितेका थिए ।
वैदेशिक रोजगारका लागि दुबई कतार लगायतका देशहरुमा पुगेका नेपाली तथा अन्य तेस्रो मुलुकका कामदारहरुमा यस किसिमको भाग्य चिठ्ठा किन्ने ‘ट्रेण्ड’ बढ्दो रहेको छ ।