

सबै दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गर्ने भएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका बारेमा राय लिने छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्को आगामी बैठकलाई प्रभावकारी रूपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो ।
सरकारलाई समर्थन गरेका तर प्रतिपक्षमा रहेका दलहरुको भुमिकाको बिषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।