अन्तर्राष्ट्रिय

टर्की भूकम्पमा ज्यान जानेको संख्या १ हजार ७ सय ९७

Madhyabindu Online फोटो : सिन्ह्वा


A A- A+

काठमाडौं – टर्कीमा गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा एक हजार सात सय ९७ जना पुगेको छ ।

अहिलेसम्म भूकम्पको केन्द्रविन्दु रहेको टर्कीमा एक हजार १४ जना र र छिमेकी देश सिरियामा सात सय ८३ जना गरी कम्तीमा एक हजार सात सय ९७ जनाको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ ।

भूकम्पका कारण भत्किएका संचरनाको भग्नावशेषमा खोजी भइरहेकोले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुवै देशमा गरी छ हजार जनाभन्दा धेरै घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र घाइतेहरूको विवरण सङ्कलन गर्ने काम भइरहेको सीएनएनले जनाएको छ ।

टर्कीमा स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो १ बजेर २४ मिनेटमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । अरू कैयौँ परकम्पहरू गइरहेका बीबीसीले जनाएको छ ।

टर्कीले राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

छुटाउनु भयो कि ?