

कांग्रेस राष्ट्रपतिको लोभमा फस्दैछ – बिजुक्छे
काठमाडौं – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेस राष्ट्रपतिको लोभमा फसेको बताएका छन्।
रफ्त सञ्चार क्लबको १३ औं वार्षिकोत्सवको अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने कांग्रेसले राष्ट्रपतिमा लोभ गर्न नहुने बताए ।
‘कांग्रेसले राष्ट्रपतिको लोभमा फसेको देखिछ। साँचो यही हो भने त्योजस्तो नराम्रो राजनीतिक दृष्टिकोण अरू हुँदैन। दलहरूले कार्यक्रम र घोषणा पत्रभन्दा तल माथि जान मिल्दैन। जनताले भोट दिएको व्यक्तिलाई साँचो मानेमा त्यो घोषणा पत्रलाई नै मत दिएको हुनाले त्यो भन्दा तलमाथि हामीले गर्न मिल्दैन,’ उनले भने।
कार्यक्रममा बिजुक्छेले चुनाव अघि र पछि पनि साझा घोषणा पत्रअनुसार अघि बढ्न नसक्ने गरी गरिएको राजनीतिक गठबन्धनको कुनै अर्थ नहुने दाबी गरे।