राजनीति

रास्वपा बैठकमा रविको आलोचना, गलत सन्देश गएको भन्दै आत्मालोचना गर्न माग

Madhyabindu Online


A A- A+

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकमा सभापति रवि लामिछानेको आलोचना भएको छ । आफूहरु पार्टीको सभापतिले दिएको अभिव्यक्तिको बचाउ समेत गर्न नसक्ने अवस्था आएको भन्दै नेताहरुले आत्मालोचना गर्न माग गरेका छन् ।

रास्वपाको सोमबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले सभापतिले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिले सार्वजनिक वृत्तमा राम्रो सन्देश नगएको बताएका थिए ।

रास्वपाले आइतबार सरकार छाड्ने, तर समर्थन कायमै राख्ने निर्णय गरे लगत्तै पार्टी कार्यालय, बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछाने सञ्चार माध्यममाथि खनिएका थिए ।

उपप्रधान तथा गृहमन्त्री र सांसद गुमेपछि आफू आक्रोशित भएको स्वीकार गरेका उनले ‘मुडमा छु है’ भन्दै सञ्चार माध्यम र विभिन्न व्यक्रिको जीवनमा प्रवेश गर्दै लाञ्छना लगाएका थिए ।

सोमबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले सभापतिले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिले सार्वजनिक वृत्तमा राम्रो सन्देश नगएको बताएका थिए ।

प्रमुख सचेतक सन्तोष परियारले ‘तपाईँले दिएको अभिव्यक्तिले पार्टीलाई घाटा भयो, आत्मालोचना गर्नुस्’ भनेका थिए । अर्का सांसद गणेश पराजुलीले पार्टीप्रति बुद्धिजिवी वर्गलाई चिढाउने काम मात्र भएको बताए । उनले भनेका थिए, ‘तपाईँँको अभिव्यक्तिले हामीप्रति उनीहरु निराश भए । यसले गलत सन्देश गएको छ ।’

बैठकमा सभापति रवि रिस धेरै उठेकाले बोलेको बताएका थिए । यसले भएको क्षति न्यूनिकरण गर्न के गर्ने त भनेर समेत उनले प्रश्न गरेको एक नेताले बताए ।

छुटाउनु भयो कि ?