अन्तर्राष्ट्रिय

टर्की भूकम्पमा २० हजारको मृत्यु भएको राष्ट्रसंघको अनुमान

Madhyabindu Online


A A- A+

काठमाडौं – टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ। टर्कीमा ८ हजार ७५४ र सिरियामा दुई हजार चार सय ७० जनाले ज्यान गुमाएका हुन्।

टर्कीमा मात्र ४० हजारभन्दा बढी घाइते भएका छन्। प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको बताइएको छ। यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन्।

करिब ६ हजार भवन भत्केकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मी र चिकित्सकले बताएका छन्।

उद्धार तथा राहतको अनुगमन एवं समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीहरूले २० हजार मानिस हताहत भएको अनुमान गरेका छन्। भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीन महिने आपतकाल घोषणा गरिएको छ।

छुटाउनु भयो कि ?