मधेस प्रदेश

मधेस प्रदेशका १० जना नेतालाई एमालेको कारबाही, रिनाको मेयर पद धरापमा

Madhyabindu Online


A A- A+

काठमाडौं – नेकपा एमालेले मधेस प्रदेश सचिवालयले प्रदेशका १० जना नेतालाई कारबाही गरेको छ ।

पार्टी हितविपरीतको काम र गतिविधि गरेको भन्दै एमाले मधेस प्रदेश समितिको सचिवालय बैठकले उनीहरुमाथि कारबाही गर्ने निर्णय गरेको हो ।

एमालेले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ भने पार्टीको प्रदेश समितिका उपाध्यक्ष रेवती पन्तसहित अन्यलाई ३ महिनाका लागि निलम्बन गरेको छ ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी मेयर रिना साहको मेयर पद खारेजीका लागि समेत केन्द्रीय समितिलाई सिफारिस गरिएको एमाले मधेस प्रदेश समितिको सचिवालयले जनाएको छ ।

छुटाउनु भयो कि ?