

हेलम्बुमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु
काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ चुरेटारमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । आइतबारबाट २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार आइतबार सुरु भएको सप्ताह ज्ञान महायज्ञमा प्रमुख वाचक पण्डित दिनबन्धु पोखरेल रहेका छन् भने उपवाचकको भुमिकामा स्थानिय पण्डित नेत्र भट्टराईले कथा वाचन गर्नेछन् ।
कलश यात्रागर्दै शुभारम्भ गरिएको शुभारम्भ कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पण्डित दिनबन्दुले हेलम्बुमा आएर भागवत कथा वाचन गर्दा बिस्वलाइ नै राम्रो सन्देश जाने विश्वास ब्यक्त गरेका छन् । उनले अबको ७ दिन भागवत सुन्दा एक चित्त एक मनले ध्यान दिएर सुन्न आग्रहपनि गरेका छन् । यो एउटा महत्त्वपूर्ण र ऐतिहासिक काम भएकाले पनि यसको सफल पार्न स्थानीयको अहम भुमिका हुने अध्यक्ष शेर्पाको भनाइ छ ।
कार्यक्रममा वाचन प्रविण दिनबन्दु पोखरेलले आध्यात्मिक र धार्मिक चिन्तन प्रेसित गर्नका लागि पनि यज्ञ महत्वपूर्ण हुने बताए । उनले एकचित्त एकमन भएर यज्ञ श्रवण गर्न समेत आग्रह गरेका थिए । उनले बौद्ध धर्मावलम्बीलाइ समेत श्रवणका लागि आह्वान गरेका थिए । पण्डित पोखरेलका अनुसार सप्ताहज्ञान महायज्ञमा श्रीमद्भागवत कथा वाचनका अलावा दैनिक एकघण्टा वुद्धदर्शन सम्बन्धी प्रवचन हुनेछ ।
स्थानीय लीलाबहादुर जोतीको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । साथै महायज्ञमा बुद्ध दर्शनको महिमा वाचनको व्यवस्था समेत मिलाइएको आयोजकले जनाएको छ ।
यो सप्ताह श्रवणसँगै हेलम्बुमा हेलम्बु ग्रेट ट्रेल,पाल्चोक जयबागेश्वरी,आमायाङ्ग्री,ईच्छेश्वर महादेव लगायत धार्मिक र पर्यटकीय स्थल समेत को भ्रमण गर्न सकिने आयोजकको भनाइ छ ।