कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

रेष्टुरेन्टको ६ तलामाथिबाट खसेर माधव नेपालका भाइ सरोजको निधन
काठमाडौं – रेष्टुराँको छ तलामाथिबाट खसेर घाइते भएका नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइरहेका अवस्थामा उनको उपचारकै क्रममा निधन भएको हो ।
आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उनी घाइते भएका थिए । उनलाई तत्कालै नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याइएको थियो ।
पार्टीका नेता विजय पौडेलका अनुसार दुई जना अपरिचित युवाले देखेर उनलाई निजामती अस्पताल पुर्याएकोमा उनलाई पछि अन्नपूर्ण न्युरो लगिएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीका अनुसार सिभिल अस्पतालमा उपचार हुन नसकेपछि उनीलाई अन्नपूर्ण अस्पतालमा लगिएको थियो ।
उनी रेष्टुरेन्टमा एक्लै गएका थिए या अरूसँग गएको भन्ने बारेमा खुलेको छैन । प्रहरीका अनुसार उनी हाम फालेका हुन या अन्य केही भएको भन्ने पनि अनुसन्धान हुन बाँकि छ ।
नेता उपाध्याय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ हुन् ।