

नारी दिवस !
घर गाउँ समाज अनि देख्छु सिङ्गो देशमा !
अग्रसर छौँ हामी नारी हरेक परीवेशमा !!
वकिल पाइलट डाक्टर शिक्षक महिला राष्ट्रपति !
हामीमा पनि क्षमता छ पुरुषहरूमा जति !!
बदल्नु छ भने समाजलाइ सोच बदलौ पहिला !
सासु बुहारी देउरानी जेठानी मिलौ हामी महिला !!
सबै कुरा बुझेर नारी सम्मान गरौँ !
अभिमानको पहाडबाट फेदीतिर झरौं !!
हेर्ने आँखा असल भए सारा जगत राम्रो !
घर मात्र कहाँ हो र देश सुन्दर हुन्छ हाम्रो !!
नारी(पुरुष दिवश मनाऔ गरौं जयजयकार !
शिशिरमा नि फुल्द फूल हुँदैन हाहाकार !!
शुसिला पौड्याल ‘ढकाल’ मेलम्ची-१२, ढकालथोक, सिन्धुपाल्चोक