समाज

राष्ट्रपति निर्वाचनमा दुई थरी मतपत्र (नमुना पत्रसहित)

Madhyabindu Online


A A- A+

काठमाडौं – मुलुकको तेस्रो राष्ट्रपति निर्वाचन बिहिबार (आज) हुने भएको छ । आज हुने राष्ट्रपति निर्वाचनका लागि दुईवटा मतपत्रको व्यवस्था गरिएको छ।

संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी अलग–अलग मतपत्र उपलब्ध हुन गराइने निर्वाचन आयोगले जनाएको छ।

रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई दिइने आयोगले जनाएको छ। हरियो मतपत्र प्रदेश सभाका सांसदलाई दिइने आयोगका सहसचिव तथा प्रवक्ता  शालिकराम पौडेलले जानकारी दिए।

राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ।

rashtrapati_TsA1nMNamy.jpg.jpg1678328634.jpg

 

छुटाउनु भयो कि ?