

आरआर क्याम्पसमा खुकुरी हानाहान, तिन विद्यार्थी घाइते
काठमाडौं – रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस प्रर्दशनीमार्गमा दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि शनिबार दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको हो ।
एकीकृत नेकपा समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको एमाले निकट अनेरास्ववियु विद्यार्थी नेताहरूको आरोप छ ।
अनेरास्ववियुका इकाई अध्यक्ष लोकेश खड्काका अनुसार एमाले निकट अनेरास्ववियुका ३ जना विद्यार्थी राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएका छन् । उनले समाजवादी विद्यार्थी युनियनले निर्वाचन बिथोल्ने र निर्वाचन अधिकृतलाई आक्रमण गर्ने प्रयास गर्दा प्रतिकार गरिएको जनाए ।