

जित्नै पर्ने खेलमा पहिला वलिङ गर्दै नेपाली टिम
काठमाडौं – क्रिकेट विश्वकप लिग–२ को बिहिबार खेलिने अन्तिम खेलमा नेपालविरुद्ध टस जितेर यूएईले पहिला ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले ९ः३० बजेदेखि प्रारम्भ हुने आजको खेलमा जीत हासिल गर्दै नेपाल विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाउने प्रयास गर्नेछ ।
आजको खेलमा नेपालका स्टार बलर सन्दीप लामिछानेले नयाँ कीर्तिमान बनाउने अपेक्षा गरिएको छ । आज उनले कम्तिमा दुई विकेट लिए भने उनी सबैभन्दा कम खेलमा एक सय विकेट लिने खेलाडी बन्ने छन् ।
वनडे इन्टरनेशनलमा नेपालले पछिल्ला ११ वटा खेलमध्ये १० वटा खेल जितिसकेको छ । यसबाहेक नेपालले त्रिवि क्रिकेट मैदानमा खेलेका पछिल्ला ९ वनडे इन्टरनेशनलमा हारको सामना गर्नु परेको छैन ।