खेलकुद

यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुग्यो नेपाल

Madhyabindu Online


A A- A+

काठमाडौं – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको छ । ‘ब्याड लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।

बिहीबार काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको छ । बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो ।

आजको खेल जितेपछि नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई डकवर्थ लेविस (डीएल) मेथडमा पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुगेको छ।

खराब प्रकाशका कारण ४४ ओभरमा रोकिएको खेलमा नेपालले डीएल मेथडमा पाएको दुई  सय ६७ रनको लक्ष्यभन्दा दुई रन धेरै बनाएको थियो। डीएलमेथडमा नेपालले ९ रनको जित निकाल्दै जिम्बाब्वे यात्रा तय गर्यो।

जितसँगै लिग २ मा तेस्रो बनेको नेपालले जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। स्कटल्यान्ड यसअघि नै लिग २ च्याम्पियन बनिसकेको छ भने ओमान दोस्रो भइसकेका छन्। नेपालले दुई खेल अगावै एकदिवसीय मान्यता जोगाइसकेको थियो।

ग्लोबल छनोटमा नेपालले जिम्बाब्वे, नेदरल्यान्ड्स, ओमान र स्कटल्यान्डसँग खेल्ने निश्चित छ भने बाँकी पाँच टिमको टुङ्गो लाग्न बाँकी छ।

छुटाउनु भयो कि ?