

उपराष्ट्रपति निर्वाचनमा राप्रपाले भाग नलिने
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ । यसअघि २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान गरेको थिएन ।
गत बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य मतदाता छन् ।
संघियता र धर्मनिरपेक्षताका विपक्षमा खरो रुपमा उत्रिएको राप्रपा यसअघीको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने तर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने निर्णयले विवादित छ ।