राजनीति

सत्ता गठबन्धनभित्रै काँग्रेसबाहेकको अर्को मोर्चाको तयारी

Madhyabindu Online


A A- A+

काठमाडौँ — राष्ट्रपति निर्वाचनको जगमा बनेको नौ दलीय गठबन्धनभित्र रहेका केही दलले ‘समाजवादी’ मोर्चा गठनको गृहकार्य गरिरहेका छन् । यो मोर्चाले आकार लिए गठबन्धनको ठूलो दल कांग्रेस एक्लै पर्ने देखिएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनमै समाजवादी मोर्चा बन्ने घोषणा गरेका थिए ।

दाहालले भनेजस्तै माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीका नेताहरू मोर्चा बनाउने गृहकार्यमा लागेका हुन् । यी चार दलबीच राष्ट्रपति निर्वाचन अगाडि नै समाजवादी मोर्चा गठनबारे सैद्धान्तिक सहमति भएको थियो ।

मोर्चा गठनका लागि चार दलका शीर्ष नेता र कार्यदलमा रहेका नेताबीच संवाद पनि भइरहेको छ । मोर्चा र एकतासम्मका लागि काम गर्न माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरा, एकीकृत समाजवादीले महासचिव बेदुराम भुसाल र जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएका छन् । बाबुराम भट्टराई नेतृत्वको नेसपा पनि मोर्चा गठनको पक्षमा छ ।

मोर्चा निर्माणमार्फत संसद्मा बलियो शक्ति बन्ने चार दलको रणनीति छ । हाल प्रतिनिधिसभामा माओवादीका ३२, जसपाका १२, एकीकृत समाजवादीका १० सांसद छन् । मोर्चा बने संसद्मा ५४ सिट हुन्छ । त्यसमा कांग्रेसको अहिले कायम ८८ सिट जोड्दा बहुमत (१४२) पुग्ने देखिन्छ ।

छुटाउनु भयो कि ?